२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पार्टी नीति र सिद्वान्तमा अघि बढ्नुपर्छ : कांग्रेस रुपन्देही सभापति खाँण

आइतवार , चैत्र २६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • तिलोत्तमा, २६ चैत । 
    नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नीति र सिद्वान्तमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । पार्टीलाई शक्तिशाली बनाउन र पार्टीका गतिविधिलाई चलायमान बनाउन पार्टीको तल्लो इकाई टोल र वडा समितिको संगठन मजबुत वनाउनुपर्नेमा उनले जोड दिए ।

    नेपाली कांग्रेस तिलोत्तमा–३ ले शनिबार आयोजना गरेको क्रियाशिल तथा साधारण सदस्य भेला, भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै सभापति खाँणले ३ नम्बर वडा समितिले नगरमा पहिलो र उदाहरणीय कार्य गरेकाले जिल्ला सम्मेलनमा नगद पुरस्कारसहित उत्कृष्ट वडाका रुपमा सम्मान गर्ने वताए ।
     
    तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका सभापति खाँणले तिलोत्तमामा शहरको जस्तो भौतिक विकास र गाउँको जस्तो सामाजिक विकास गर्ने अभियानमा आफू लागिपरेको बताए । उनले तिलोत्तमा नगरका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको आकर्षण वढाउन र उनीहरुको पोषण र स्वास्थ्यलाई मध्यनजर गरी संघीय सरकारले दिएको १५ रुपैयाँमा नगरपालिकाले १० रुपैयाँ थप गरेको वताए । उनले तिलोत्तमा नगरमा शिक्षा, स्वास्थ्य, कृषि, हरियाली प्रवद्र्धन र सरसफाईको क्षेत्रमा धेरै काम भएको बताउँदै नगरबासीको स्वास्थ्यलाई मध्येनजर गरी न्यूनतम शुल्कमा एक्स–रे, ल्याब र रेविजविरुद्धको भ्याक्सिन लगाउने व्यवस्था मिलाएको वताए ।
     
    कांग्रेसका महासमिति सदस्य चित्रबहादुर केसीले पार्टीभित्र तिक्ततापूर्ण व्यवहार हुन नहुने र स्वच्छ भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । नेतृत्वको सोंचमा परिवर्तन आउन जरुरी रहेको र नेतृत्वको सत्ता लोलुपता, अहंता र केन्द्रिकृत सोंचका कारण कांग्रेसको संगठन कमजोर भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
     
    कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले वडा समितिले पार्टी संगठनलाई गतिशिल वनाउन वडा समितिले क्रियाशिल सदस्य भेला र पार्टीका गतिविधिलाई समेटेर भित्तेपात्रो प्रकाशन गरेर उत्कृष्ट र उदाहरणीय काम गरेको भन्दै वडा समितिको प्रशंसा गरे ।

    कांग्रेस तिलोत्तमा–३ की सभापति केशरी पाण्डेले वडा समिति पार्टी नीति र सिद्धान्त बमोजिम अगाडी बढेको बताइन् । उनले वडा समितिले टोल समितिलाई परिचालन गरी संगठन सुदृढीकरण अभियानसँगै वडाका ६० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरेर सामाजिक र मानवीय क्रियाकलापलाई सँगसँगै अगाडी बढाएको बताइन् ।

    कार्यक्रममा कांग्रेस महाधिबेशन प्रतिनिधि चिरन्जिीवि पौडेल, जिल्ला सदस्य एल.जी. गुप्ता, क्षेत्रीय सदस्य कर्णबहादुर टण्डन, तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेल, तिलोत्तमा–४ का पार्टी उपसभापति श्याम केसी, ३ का उपसभापति पदमबहादुर पौडेल, सचिव दिनेश सुवेदी, पशुपति टोल समितिका सभापति बासुदेव भण्डारीलगायतले वोल्दै पार्टीका आन्तरिक कमीकमजोरीलाई हटाउँदै कांग्रेसको संगठनलाई बलियो बनाउन जरुरी रहेको वताए ।