२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कर्णाली सरकारबाट बाहिरियो एमाले

आइतवार , चैत्र २६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • सुर्खेत, २६ चैत ।
    कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

    मुख्यमन्त्री राजकुमार शर्मासमक्ष एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।