२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नयाँवर्षको पूर्व संध्यामा मणिग्राममा सांगीतिक कार्यक्रम हुने

मंगलवार , चैत्र २८, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २८ चैत ।
    नयाँ वर्ष २०८० सालको पूर्व संध्यामा लियो क्लब अफ भलवारी युथले सांगीतिक कार्यक्रम गर्ने भएको छ । नयाँ वर्षको स्वागत गर्दै क्लबले यही चैत ३० गते बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकस्थित मणिग्राम विश्रामवाटिका रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

    सांझ ६ बजेपछि हुने कार्यक्रममा स्वपन सुमन एण्ड द एसटर्सको बेजोड प्रस्तुति रहने क्लबका अध्यक्ष युवराज भट्टराईले बताए । कार्यक्रममा अनफरचुण्डब्याण्ड, डिजे अतुल तथा नृत्य प्रस्तुति रहने उनले बताए । सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको क्लबले सांगीतिक कार्यक्रम गर्न लागेको भट्टराईले बताए ।

    त्यसै गरी कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गर्ने क्लबको भनाइ छ । कार्यक्रममा प्रवेश शुल्कवापत रु. १ हजार तोकिएको क्लबले जनाएको छ । 

    337514299_210617701613485_2350580437931789340_n.jpg