
बिहिवार , चैत्र ३०, २०७९
भैरहवा, ३० चैत ।
बहुउद्देश्यीय विकास सेवा संस्था सिद्धार्थनगर–१२, रुपन्देहीको आयोजना तथा पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा बिहीबारदेखि तीनमहिने युवा स्वरोजगार आधारभूत कम्प्युटर विकास तालिम सुरु भएको छ । तालिममा २० जनाको सहभागीता रहेको कार्यक्रम संयोजक राज गुप्ताले बताए ।
तालिमको उद्घाटन गर्दै पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले कम्प्युटर शिक्षा आवश्यक रहेको बताइन् । उनले तालिममा सहभागी भइ राम्रोसँग सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘आगामी दिनमा गाउँपालिकाले एडभान्स तालिमका लागि बजेट विनियोजन गर्नेछ ।’
तालिमका प्रशिक्षक विश्वास जैयसवालले.तालिममा नियमित रुपमा सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले तालिममा सहभागी भइसकेपछि नयाँ कुरा सिक्न मद्दत पुग्ने बताए ।
कार्यक्रम संयोजक राज गुप्ताले कम्प्युटर तालिम लिइसकेपछि आयआर्जनमा सहयोग पुग्ने बताए । उनले तालिमका लागि समय निकाल्न र ध्यान दिन आग्रह गरे ।
कार्यक्रम संयोजक राज गुप्ताको अध्यक्षता, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीको प्रमुख आतिथ्यता तथा पत्रकार माधब न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij