२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

अमुवाको एक प्लाष्टिक उद्योगमा आगलागि, तीनवटा दमकलद्वारा आगो नियन्त्रण

शनिवार , बैशाख २, २०८०

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २ वैशाख । 
    रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित अमुवामा रहेको प्लाष्टिक उद्योगमा आगलागि भएको छ । अमुवामा रहेको जय प्लाष्टिक इण्डस्ट्रिज प्रा.लि.मा आगलागि भएको हो । बिहान साढे ४ बजेतिर लागेको आगलागि बिहान साढे ६ बजेतिर नियन्त्रणमा आएको थियो । 

    बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको सियारी–७ का वडाअध्यक्ष दीपक बहादुर शाहिले जानकारी दिए । 
    आगलागिबाट ७०/८० लाख रुपैयाँको क्षति भएको उद्योगले जनाएको छ ।

    उद्योगका सञ्चालक विजय खरेलले उद्योगमा रहेको पीभिसि पाईप लगायतका तयारी अवस्थाका उत्पादन तथा कच्चापदार्थ जलेर नष्ट भएको जानकारी दिए । उद्योगमा प्लाष्टिकका बोटल, ढक्कन लगायतका वस्तुको पनि उत्पादन हुने गरेको बताइएको छ ।

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, वडाअध्यक्ष दीपक बहादुर शाहीलगायतले आगलागि भएको उद्योगको निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आगलागि के कारणले लागेको र क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको बताइएको छ ।