२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर

आइतवार , बैशाख ३, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, ३ वैशाख । विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार  वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । 

    विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो । 

    आईक्युएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ । एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वकको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ ।