२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बालकोटमा सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी

सोमवार , बैशाख ४, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ४ वैशाख । 
    प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबीनसम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ । 

    भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गरिरहेका छन् । 

    स्वास्थ्यमा समस्या देखिएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष ओलीकै निवासमा छलफल गरेका हुन् । साथमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र तीन प्रमुख दलका सचेतकहरु पनि छलफलमा सहभागी छन् ।