
सोमवार , बैशाख ४, २०८०
रुपन्देही, ४ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सोही दिन मुख्यमन्त्री गिरीले विश्वासको मत लिने भएका हुन ।
८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । नेकपा (माओवादी केन्द्र) सहित साना दल सरकारबाट बाहिरिएपछि गिरी अल्पमतमा छन् । सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि नेकपा एमाले संसदीय दलका नेता गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले बताए ।
लुम्बिनीमा एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij