
मंगलवार , बैशाख ५, २०८०
काठमाडौं, ५ वैशाख ।
नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केहि आशा गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै आचार्यले सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ भन्दै समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केहि आशा गर्न नसक्ने बताएका हुन् ।
उनले संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै नभएको भन्दै सरकारले आफ्ना कार्ययोजनाहरु प्रष्ट रुपमा राख्नुपर्ने बताए । उनले सरकारले आफ्नो जवाफदेहीता संसदप्रति देखाउनुपर्ने भएकाले आफुखुसी हिड्ने छुट कसैलाई नरहेको जिकिर गरे ।
उनले मुलुकको व्यवस्थालाई उल्टाउने प्रयास भएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाउदै सरकारमा बसेका व्यक्तिहरुले जनताको आशा पुरा गर्न नसके मात्रै उपलव्धी गुम्ने खतरा हुने धारणा राखे ।
उनले संघ सरकारको कामका कारण प्रदेश सरकार अपांग जस्तो भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij