२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

राष्ट्रपतिबाट विभूषित भएकालाई सिद्धार्थनगर–५ द्वारा सम्मान

मंगलवार , बैशाख ५, २०८०

भैरहवा, ५ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ नम्बर वडा कार्यालयले गत वैशाख १ गते राष्ट्रपतिबाट विभूषित भएकाहरुलाई सम्मान गरेको छ । मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडामा बसोबास गर्ने ७ जनालाई सम्मान गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । राष्ट्रपति विभूषित ओमकार गौचन, नारायण प्रसाद अग्रवाल, राजेश कुमार अग्रवाल, कृष्ण मुरारी अग्रवाल, सुशिल गोयनका, गोविन्द गोयनका र दिपेन्द्रमान श्रेष्ठले सम्मानित गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले योग्य व्यक्ति राष्ट्रपतिबाट विभूषित गर्नुभएको बताए । उनले भने, ‘राम्रो काम गर्नेले पदक पाउनुभएको छ । ’वडा नम्बर ५ बाट धेरै जना विभूषित हुनुभएको नगरप्रमुख खानको भनाइ छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भएको बताए । उनले बाल उद्यान, मन्दिर, विद्यालय निर्माण कार्य भइरहेको बताए । उनले भने, ‘धर्म संस्कृतिको संरक्षण गर्न बजेट बिनियोजन गरिएको छ । कानूनी साक्षरता कार्यक्रम पनि गरिएको छ । ’ ठेला व्यवस्थापनका लागि मापदण्ड बनाइएको र व्यवस्थित गर्दै जाने उनको भनाइ छ ।

सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले सम्मानित व्यक्तित्वहरु बधाई ज्ञापन गरे । उनले ५ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताए ।

IMG_4776.JPG

समाजसेवी ओमकार गौचनले सम्मानित हुन पाउँदा हर्षित भएको बताए । उनले सम्मान गर्ने वडा कार्यालयलाई धन्यवाद दिए । उनले भने, ‘सम्मानले सामाजिक कार्य गर्न उर्जा थपिएको छ ।’

समाजसेवी नारायण प्रसाद अग्रवालले वडाअध्यक्षमा निर्वाचित भएपछि पुरन प्रसाद श्रेष्ठले धेरै कार्यक्रम गर्नुभएको बताए । उनले वडाअध्यक्ष श्रेष्ठले सबैको मत जित्नुभएको बताए । उनदे भने, ‘सम्मानले प्रेरणा प्रदान गर्दछ ।’

नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट सदस्य राजेश कुमार अग्रवालले वडा नम्बर ५ बाट धेरै जना विषूषित हुनु वडाका लागि पनि गौरवको कुरा भएको बताए । उनले भने, ‘सम्मानले जिम्मेवारी थपिएको छ ।’

सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।