२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिद्धार्थनगर वडा नम्बर १ को कागजात किर्ते गरिएको आरोपमा एकजना पक्राउ

मंगलवार , बैशाख ५, २०८०

  • 9.0K
    Shares
  • 9.0K
    Shares
  • भैरहवा, ५ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ को कार्यालयको किर्ते लेटरपेड र जनप्रतिनिधिको किर्ते हस्ताक्षर प्रयोग गरिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ८ का राजु राना रहेको प्रहरीले जनाएको छ ।

    वडा नम्बर १ को कागजात किर्ते गरी अर्जुन प्रसाद पुडासैनीको नामबाट चितवन जिल्ला शारदानगर–५ का प्रशान्त राज भण्डारीको नाममा जग्गा पास भएको किर्ते चार किल्ला र किर्ते जग्गाधनी प्रमाणपूर्जाबाट देखिएको वडा नम्बर १ को कार्यालय सचिव प्रमोद कुमार चौबेले बताए ।

    सरकारी कागजात, छाप किर्ते गरी चार किल्ला बनाई जग्गा पास गरेर मंगलबार सोही किर्ते चार किल्लाको आधारमा सिद्धार्थनगर नपा– ८ का राजु राना जग्गाको कर बुझाउन आएको बेला कार्यवाहक नदिएको मितिमा सिफारिसमा कार्यवाहक अध्यक्षको किर्ते सही छाप देखिएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पत्रसहित प्रहरीलाई बुझाइएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    ‘कार्यवाहक नदिएको मितिमा सिफारिसमा कार्यवाहकको सही छाप देखेपछि शंका लाग्यो’ वडाअध्यक्ष पोखरेलले भने, ‘कार्यालयको फाइल हेर्दा समेत नदेखिएपछि किर्ते सिफारिसको आधारमा कर बुझाउन आएका व्यक्तिलाई नियन्त्रणमा लिई बेलहिया प्रहरीलाई बुझाएका छौँ ।’

    ईलाका प्रहरी कार्यालय बेलहियाले रानालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको जनाएको छ ।