images

आइतवार, बैशाख २३ गते २०८१

भैरहवामा ‘चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ’ हुने

भैरहवामा ‘चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ’ हुने

images
images
images
मंगलवार, बैशाख ५ २०८०
मंगलवार, बैशाख ५ २०८०
  • भैरहवामा ‘चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ’ हुने

    भैरहवा, ५ वैशाख ।
    भैरहवामा ‘चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ’–२०८० हुने भएको छ । यही वैशाख १४ गतेदेखि १७ गतेसम्म (चारदिन) हरिद्वारको शान्तिकुन्जको तत्वाधानमा महायज्ञ हुने आयोजक गायत्री परिवार भैरहवा, रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गायत्री परिवार भैरहवाका अध्यक्ष जगरनाथ प्रसाद अग्रहरीले विश्व शान्तीको कामना, नेपालीहरुको सुख शान्तिको कामना एवं गायत्री मन्त्रप्रति चेतना जागृत गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताए ।

    भैरहवामा दोस्रोपटक आयोजना भइरहेको यो महायज्ञले यस क्षेत्रमा धार्मिक पर्यटनमा समेत बढावा दिने उद्देश्य रहेको अग्रहरीले जनाए । यसअघि भैरहवामै १०८ कुण्डीय महायज्ञ सम्पन्न गरिसकेको उनले जानकारी दिए । ‘गायत्री महामन्त्रप्रति जनचेतना फैलाउने उद्देश्यले महायज्ञको आयोजना गर्दैछौं, ’उनले भने ।

    गायत्री परिवार भैरहवाका सचिव श्रीराम गुप्ताले वैशाख ९ गते बिहान साढे ८ बजे भूमि पूजनबाट महायज्ञको सुरुवात हुने जानकारी दिए । वैशाख १४ गते कलश पूजनसहित झाँकी र कलश यात्राबाट कार्यक्रमको औपचारिक सुरुवात हुने गुप्ताले बताए । 

    भैरहवाको महेन्द्र सभागृह अगाडी (पदमाश्री हलको दक्षिणतर्फ) हुने महायज्ञमा दैनिक संगीत प्रवचन, सामुहिक जप ध्यान, प्रज्ञा, यज्ञ, योग व्यायम, गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने गायत्री परिवार–भैरहवाका सह–कोषाध्यक्ष सुशिल सिंघलले बताए ।

    शान्तिकुन्ज हरिद्वारका प्रतिनिधि गुरु विरेन्द्रले गायत्री मन्त्रले सद्बुद्धि दिने भएकाले कार्यक्रममा सहभागी भइ पूण्य आर्जन गर्न आग्रह गरे । उनले हिन्दू धर्म संस्कृति गहना भएकाले यसको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले धर्म राष्ट्रको पहिचान भएको र धर्मले मानिसलाई अनुशासित बनाउने बताइन् ।

    गायत्री परिवार भैरहवाका सह–सचिव रविकान्त उपाध्यायको स्वागत तथा सचिव श्रीराम गुप्ताको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij