२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सिद्धार्थनगरको संयोजकमा सुमन गुरुङ

मंगलवार , बैशाख ५, २०८०

  • 9.7K
    Shares
  • 9.7K
    Shares
  • भैरहवा, ५ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सिद्धार्थनगर नगर समितिको संयोजकमासुमन गुरुङ मनोनित भएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ निवासी गुरुङलाई राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला कार्यसमिति रुपन्देहीका सभापति शंकर खत्रीले नगर संयोजकमा मनोनित गरेका हुन् ।

    नगर संयोजकमा मनोनित भएका गुरुङलाई मंगलबार भैरहवास्थित राप्रपा जिल्ला पार्टी कार्यालयमा पद हस्तान्तरण गरिएको छ ।

    341764619_933960771158305_1323028413964076736_n.jpg

    कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम शाही, पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, सह–सचिव कृष्ण गुरुङ, युवक संगठनका अध्यक्ष शंकर खत्री, जिल्ला सदस्यद्वय युवराज तिमिल्सिना, इशान भण्डारी, युवा नेता गौरव बोहरा, नेतृहरु पुनम चौधरी, लक्ष्मी यादवलगायतको उपस्थिति रहेको थियो ।