२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

आजवाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

बुधवार , बैशाख ६, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ६ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

    यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ । 

     महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।