images

आइतवार, बैशाख २३ गते २०८१

तुलसीको छेउछाउ कुन कुन विरुवा रोप्नुहुँदैन ?

तुलसीको छेउछाउ कुन कुन विरुवा रोप्नुहुँदैन ?

images
images
images
बुधवार, बैशाख ६ २०८०
बुधवार, बैशाख ६ २०८०
  • तुलसीको छेउछाउ कुन कुन विरुवा रोप्नुहुँदैन ?

    हिन्दू धर्ममा तुलसीको विरुवाको विशेष धार्मिक आस्था रहेको छ । यो विरुवालाई तुलसी माताको रुपमा पुजिन्छ । तुलसी पूजामा धेरै कुराको विशेष ख्याल राखिन्छ । तुलसीको पूजा गर्दा भगवान विष्णु र माता लक्ष्मी पनि प्रसन्न भई मनको वरदान प्रदान गर्ने विश्वास गरिन्छ ।

    images
    images
    images

    तर, अक्सर मानिसहरूले तुलसीको हेरचाह गर्न गल्ती गर्छन्, जसको विपरीत प्रभाव पनि हुन सक्छ । जस्तै, केही विरुवाहरु छन्, जसलाई तुलसी वरिपरी राख्नु राम्रो मानिदैन । जान्नुहोस् तुलसीको नजिक यी बिरुवाहरु कुन हुन् र किन राखिदैन ? 

    तुलसीको छेउमा राख्न नहुने विरुवाहरु

    क्याक्टस

    मान्यताअनुसार क्याक्टसको बोट तुलसीको वरिपरी राख्नुहुँदैन । यो किनभने यो विश्वास गरिन्छ कि क्याक्टसले नकारात्मकता ल्याउन सक्छ र राहुको प्रतीक हो । यसकारण तुलसीको नजिक क्याक्टस कहिल्यै राख्नु हुँदैन ।

    शमी

    तुलसीको विरुवा नजिकै राख्न नहुने अर्को विरुवा शमी विरुवा हो । शमीको विरुवालाई तुलसीबाट कम्तिमा चारदेखि पाँच फिटको दुरीमा राख्नुपर्छ । शमीको विरुवाले भगवान शनिको स्थानलाई संकेत गर्छ । त्यसैले यसलाई तुलसीबाट टाढा राख्न सल्लाह दिइन्छ ।

    फिकस

    फिकस विरुवा धेरै सुन्दर देखिन्छ । तर, यो बिरुवाले वरपरको उर्जा सोस्ने मानिन्छ । यो विरुवाबाट नकारात्मक उर्जा निस्कन्छ जसको असर तुलसीको छेउमा रोप्दा तुलसीमा पनि पर्ने गरेको बताइन्छ । यस्तो अवस्थामा फिकस विरुवा रोप्नबाट जोगिनु पर्छ ।

    काँडे विरुवाहरु

    तुलसीको वरीपरी क्याक्टस मात्र नभई अन्य काँडादार बिरुवाहरू पनि नराख्नुहोस् । तुलसीको बोटलाई धेरै पवित्र मानिन्छ र यसको नजिक काँडाको बोट राख्नु अपमान मानिन्छ । जसका कारण घरमा कठिनाइ पनि आउने मानिन्छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij