images

आइतवार, बैशाख २३ गते २०८१

नेविसंघ रुपन्देहीद्वारा रक्तदान

नेविसंघ रुपन्देहीद्वारा रक्तदान

images
images
images
बुधवार, बैशाख ६ २०८०
बुधवार, बैशाख ६ २०८०
  • नेविसंघ रुपन्देहीद्वारा रक्तदान

    भैरहवा, ६ वैशाख ।
    नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति, रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औं स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । विद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहीले विद्यार्थी र युवाहरुमा देखिएको समाजसेवाको भावले आफूलाई उत्साहित गरेको बताइन् । उनले मानव सेवाको सवैभन्दा ठुलो काम नै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरिन् । 

    नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले नेपाल विद्यार्थी संघको इतिहास गर्विलो रहेको उल्लेख गर्दै विद्यार्थी संघले नेपालका ठुला साना परितर्वनदेखि मानवीय सेवाका काममा ठुुलो योगदान पुुर्याएको चर्चा गरे । 

    नेपाल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेको सभापतित्व, विद्यार्थी नेता ओजश शर्माको सञ्चालन तथा विशाल गुुप्ताको सञ्चालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुुरुङ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, तरुण नेता सोम बहादुुर गुुरुङ, कांग्रेस सिद्धार्थनगर सभापति कोशिस बहादुर खड्कालगायतका नेताहरुको सहभागीता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij