शुक्रवार, आश्विन ५ गते २०८०

रुपन्देहीको सियारीमा गोली चल्यो, स्थानीय विरेन्द्र केवट घाइते

रुपन्देहीको सियारीमा गोली चल्यो, स्थानीय विरेन्द्र केवट घाइते

images
images

खबर पात्रो

६, बैशाख २०८०
  • 13.8K
    SHARES
  • रुपन्देहीको सियारीमा गोली चल्यो,  स्थानीय विरेन्द्र केवट घाइते

    भैरहवा, ६ वैशाख । 
    रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित सितापुरमा गोली चलेको छ । आज बुधबार साँझ सितापुरमा गोली चल्दा स्थानीय १९ वर्षिय विरेन्द्र केवट घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले घाइतेको भनाइ र घाउको प्रकृति हेर्दा गोली चलेको हुन सक्ने बताए । 

    images
    images

    सियारी–३ का १९ वर्षिय केवटले बाख्रा चराइरहेको बेला आफूसँग भएको मोबाइल खोस्न खोज्दा नदिएपछि आफूमाथि गोली प्रहार भएको प्रहरी समक्ष जानकारी गराएको डीएसपी अर्यालले जानकारी दिए । 

    घाइते केवटको हिपमा गोली लागेको बताइएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २१:०१:२२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij