२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीद्धारा नवलपरासी १६३ रनले पराजित 

शुक्रवार , पौष २४, २०७७

भैरहवा, २४ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष)का लागि लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष प्रशान्त विक्रम मल्लले गरेका थिए।  ग्रुप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो । 

 ग्रुप बी अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा पुस २६ बाट हुनेछ । भैरहवामा सुरुको दिन उद्घाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ । 

टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ५ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४० ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो । रुपन्देहीका लागी सन्दिप सुनारले ५९ रन बनाए । उन्ले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रजाईलीले २६ रन बनाए । 

बलिङमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, ईकलाख अहमद र गया साहनीले समान १÷१ विकेट लिए । 
प्रतिउत्तरमा २१४ रनको विजयी लक्ष्य पाएको नवलपरासी २२ ओभर १ बलमै ५० रन बनाई सवै विकेट गुमाइ हार व्यहोरयो । नवलपरासीका लागी सर्वाधिक रन अमर रसाइलीले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शुन्य रन बनाए । 

नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा विक्रम भुसालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका विक्रम भुसाल म्यान अफ द म्याच भएका लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव सञ्जय गुरुङ ले बताए ।  

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार रुपन्देही र कपिलवस्तुबीच खेल हुनेछ । प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार हुनेछ ।