
बिहिवार , बैशाख ७, २०८०
काठमाडौं, ७ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शिर्ष नेता आज बारा जाँदैछन् ।
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन । बारा–२ मा आज बृहत चुनावी सभा राखिएको छ ।
उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij