
बिहिवार , बैशाख ७, २०८०
काठमाडौं, ७ वैशाख ।
आज रातीबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइनेछैन र प्रचारप्रसार गरेको पाइएमा कारवाही हुनेछ । आगामी वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij