२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा ब्याडमिन्टन सुरु

शुक्रवार , पौष २४, २०७७

बुटवल, २४ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला बी लेभल ब्याडमिन्टन सुरु भएको छ । समाजसेवी तथा स्व. किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बी लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि सुरु भएको हो । 

प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपाने, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाई, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले उद्घाटन गर्दै खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए । 
यसैबीच शुक्रबार भएको उद्घाटन खेलमा सन्तोष भट्टराई र सुदिप ज्ञवालीको जोडीले खिमानन्द भट्टराई र दिपक ज्ञवालीको जोडीलाई २–१ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताए ।