२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त

बिहिवार , बैशाख ७, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ७ वैशाख । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएको छ। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् ।

    नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।यसैगरि भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुका साथै लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख हुन् ।