images

बुधवार, बैशाख १२ गते २०८१

मायादेवी–७ मा तरकारी खेती गर्ने कृषकहरुलाई स्प्रे टंकी वितरण

मायादेवी–७ मा तरकारी खेती गर्ने कृषकहरुलाई स्प्रे टंकी वितरण

images
images
images
शुक्रवार, बैशाख ८ २०८०
शुक्रवार, बैशाख ८ २०८०
  • मायादेवी–७ मा तरकारी खेती गर्ने कृषकहरुलाई स्प्रे टंकी वितरण

    भैरहवा, ८ वैशाख ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ मा तरकारी खेती गर्ने कृषकहरुलाई स्प्रे टंकी वितरण गरिएको छ । वडा नम्बर ७ को कार्यालयले आर्थिक वर्ष २०७९/०८० अन्तर्गत बिहीबार गरीब तथा विपन्न कृषकहरुलाई स्प्रे टंकी वितरण गरिएको जनाएको छ ।

    images

    स्प्रे टंकी वितरण गर्दै मायादेवी–७ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेयले विपन्न किसानहरुलाई कृषितर्फ प्रोत्साहन गर्न आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवा गर्न आएका हौं ।’

    मायादेवी–७ अन्तर्गत ८० जना कृषकहरुलाई स्प्रे टंकी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij