images

बुधवार, बैशाख १२ गते २०८१

सिद्धार्थनगर–४ मा कृषक कार्ड वितरण

सिद्धार्थनगर–४ मा कृषक कार्ड वितरण

images
images
images
शुक्रवार, बैशाख ८ २०८०
शुक्रवार, बैशाख ८ २०८०
  • सिद्धार्थनगर–४ मा कृषक कार्ड वितरण

    भैरहवा, ८ वैशाख ।
    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीले वडाभित्रका कृषकहरुलाई कृषक कार्ड वितरण गरेको छ । वडा कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच ७४ जना कृषकहरुलाई कृषक कार्ड वितरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । उनले किसानलाई आवश्यकता अनुसार मलखाद, बिउ पाउनका लागि सहज होस् भन्ने उद्देश्यले कृषक कार्ड वितरण सुरु गरिएको बताए । ‘किसानको समस्या समाधानका लागि निरन्तर लडिरहेको छु, उनले भने, ‘किसानको समस्या समाधानकै लागि कृषक कार्ड वितरण सुरु गरेका हौं ।’

    images

    वडाअध्यक्ष यादवले जसको जति क्षेत्रफलमा खेती छ त्यहीअनुसार मल वितरण गर्नका लागि तथ्यांक संकलन गरिने जानकारी दिए । उनले भने, ‘यसका लागि किसानसँग पनि सल्लाह–सुझाव लिन्छौं । ’कृषक कार्ड बिना मलखाद उपलब्ध गराउन समस्या पर्ने उनको भनाइ छ । कसैले आवश्यकता भन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकताबमोजिम मल वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको वडाअध्यक्ष यादवले बताए । वितरण गर्न बाँकी रहेका कृषकलाई कृषक कार्ड वितरण गर्दै जाने उनले बताए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कृषक कार्ड महत्वपूर्ण रहेको बताए । उनले ४ नम्बर वडा कार्यालयले महत्वपूर्ण समयमा कार्ड वितरण गरेको र वडाअध्यक्षसहित सम्पूर्ण टीम धन्यवाद र बधाईको पात्र भएको बताए । नगरप्रमुख खानले किसानलाई आवश्यक मल, बिउ, सिंचाइको व्यवस्था गर्न सकिए कृषकको लागि त्यही नै महत्वपूर्ण विषय भएको बताए । उनले भने, ’४ नम्बर वडा कार्यालयले सराहनीय कार्य गरेको छ । यो कार्डले सहजता प्रदान गर्नेछ । सम्पूर्ण कृषकलाई कृषक कार्ड बनाउन म आग्रह गर्दछु ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरि बहादुर के.सी.ले कृषक कार्डले वडाभित्र रहेका कृषकलाई धेरै नै सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

    सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिव राजु सिंह कार्की, कृषकलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij