२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स स्टार्स बुटवलद्वारा सहयोग प्रदान 

शुक्रवार , पौष २४, २०७७

बुटवल, २४ पुस ।
लायन्स क्लब अफ बुटवल स्टार्सले लुम्बिनी दृष्टीबिहीन आयआर्जन, भजन तथा सांस्कृतिक समुहलाई सहयोग प्रदान गरेको छ । तामनगरमा एक कार्यक्रमको आयोजना गरी क्लबले सहयोग गरेको हो  ।  

लायन्स इन्टरनेशनलका संस्थापक मेल्वीन जोन्सको जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार दृष्टिविहीन समुहलाई सहयोग गरेको हो । क्लबका अध्यक्ष शुशिल पाण्डेका अनुसार समुहलाई जाडोमा प्रयोग हुने कम्मल, दाल, चामल र ग्याँस चुलो सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल रिजन ३० का चेयरपर्सन आशिषकृष्ण श्रेष्ठले लायन्स स्टार्सले आफ्नो मुल नारा जहाँ दुःख्छ त्यहाँ पुग्छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सहयोग गर्नुपर्ने धारणा राखे । उनले सामाजिक सेवा भावले स्थापना भएको सामाजिक क्लबहरुले आगामी दिनमा पनि यस्तै प्रकृतिको काम गर्नुपर्ने भन्दै आफु पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । 
कार्यक्रमा जोनचेयर पर्सन एम.एल. पाण्डे, लायन्स क्लव अफ बुटवल स्टार्सका सचिव भुपेन्द्र अर्याल,सहसचिव विश्वजीत कसौधन र टेलटुइस्टर अब्दुल सलामद लगायतको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका डाइरेक्टर राजन जीसीको संयोजकत्वमा भएको थियो ।