२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

शनिवार , बैशाख ९, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • पोखरा, ९ वैशाख । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार (आज) भएको मतदानमा विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन्  ।

    मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि उनी पदमुक्त भएका हुन । उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । 

    केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन ।  

    अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।