
सोमवार , बैशाख ११, २०८०
पोखरा, ११ वैशाख ।
तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।
प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहँदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।
आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाएका छन ।
तेस्रो प्रतिष्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाएका छन् ।
बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो रातीदेखि मतगणना सुरु गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij