
सोमवार , बैशाख ११, २०८०
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रो पटक विश्वासको मत लिएका छन । यस अघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माओवादी लगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।
गत चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ । पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोमवार लिएको विश्वासको मतमा गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । मत विभाजन पछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसदलाई जानकारी गराएका छन ।
सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछी सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेको हो । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै पक्षमा मतदान गरेका छन । बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १र१, स्वतन्त्र १ गरि ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन ।
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । एमाले संसदीय दलको बैठकमा संसदमा विश्वासको मत लिने र संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनको लागी पहल लिने बारेमा समेत छलफल गरेको छ । नेपाली कांग्रेस लगायत ८ राजनीतिदलले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन हुनुपर्ने दावी गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij