
सोमवार , बैशाख ११, २०८०
बारा, ११ वैशाख ।
बारा–२ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत गणना अपडेटअनुसार यादवले १ हजार ८ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १ हजार ६ सय ६१ मत ल्याए ।
त्यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिष्पर्धामा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij