
सोमवार , बैशाख ११, २०८०
काठमाडौं, ११ वैशाख ।
बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७ सय ७०, जनमतका कुशवाहले २ हजार १ सय ८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९ सय २९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३ सय ५१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले २ सय ६ मत पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij