
शनिवार , पौष २५, २०७७
भैरहवा, २५ पुस ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर–६ किशोरपुर, रुपन्देहीले वृद्धवृद्धालाई सम्मान तथा अपांगता भएका व्यक्ति तथा एकल महिलालाई कम्मल वितरण गरेको छ । विगतका वर्षझै यस वर्ष पनि संस्थाले असहाय, गरीब, एकल महिला, सुत्केरी महिलालाई न्यानो कपडा वितरण गरेको समूहकी अध्यक्ष शान्ता कंडेलले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समाजसेवी ज्ञानु पौड्यालले सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले उदाहरणीय कार्य गर्दै आएको बताइन् ।
संस्थाकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता, उपाध्यक्ष सचिता अर्यालको स्वागत तथा सचिव लाजिना देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र ३, ५, ६ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार, किशोरपुर गाउँ समाजका अध्यक्ष पुरनसिंह राना, दिदीबहिनी समुहका अध्यक्ष नन्दा थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij