२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बारा–२ मा उपेन्द्र यादवले कटाए १५ हजार मत

मंगलवार , बैशाख १२, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बारा, १२ वैशाख । 
    बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।

    यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् । यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो मतान्तर भने घटाउन सकेका छैनन् ।

    त्यसै गरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले पाँच हजार २७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार सात सय ८६ मत पाएका छन् ।