२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष यादवले भने, ‘खेलाडीलाई प्रोत्साहन गछौं’

मंगलवार , बैशाख १२, २०८०

भैरहवा, १२ वैशाख ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेल र खेलाडीको प्रोत्साहन गर्ने बताएका छन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्दै अघि बढ्ने बताए । 

रोहिणी गाउँपालिका वडा नम्बर ७ स्थित पोखरभिण्डामा श्री रोहिणी युवा क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको यु–१९ क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष यादवले भने, ‘खेलकुदको विकासका लागि अघि बढेको छौं । खेल क्षेत्रको विकासका निम्ति लागिपरेका छौं । ’ खेलप्रति युवाहरुको रुची देखेर आफू उत्साहित भएको उनले बताए ।

IMG_5503.JPG
IMG_5511.JPG

त्यस्तै रोहिणी–७ स्थित अमुवामा सुरु भएको क्रिकेट प्रतियोगिताको सोमबार गाउँपालिका अध्यक्ष यादवले उद्घाटन गरेका छन् ।