२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपा वरिष्ठ नेता दीपक बोहराको निर्वाचन खर्च साढे २१ लाख

मंगलवार , बैशाख १२, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १२ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रु. २१ लाख ४९ हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । बोहराका निर्वाचन प्रतिनिधि धर्म बहादुर के.सी.ले बुझाएको विवरणअनुसार फ्लेक्स ब्यानरमा रु. १ लाख ४४ हजार ३ सय ६०, सामाजिक संजाल विज्ञापनमा रु. ९९ हजार ९ सय ९९, झण्डा छपाईमा रु. ३ लाख ८३ हजार ८ सय ४०, हैण्ड पम्पलेट छपाईमा रु. ३ लाख ६० हजार ८ सय, टेन्ट कुर्ची भाडामा रु. ९९ हजार २ सय ५०, मतदाता नामावली छपाईमा रु. ४३ हजार १ सय ६२, इन्धनमा रु. ५ लाख ७ हजार ९ सय २०, जलपानमा रु. १ लाख १८ हजार ९ सय ५०, गाडी भाडामा रु. १ लाख १९ हजार र साउण्ड सिस्टममा रु. ४५ हजार ७ सय १९ खर्च भएको उल्लेख छ । 

    राप्रपाका उम्मेदवार बोहरा मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार आशिष कुमार चौधरीले निर्वाचनमा रु. ४ लाख १७ हजार ६ सय ३० खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । राप्रपाका उम्मेदवार चौधरी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसै गरी रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नारायण प्रसाद शर्माले निर्वाचनमा रु. २६ हजार ९ सय ९४ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

    त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भट्टराईले निर्वाचनमा रु. २४ हजार खर्च भएको विवरण बुझाएका छन् ।