images

शुक्रवार, चैत्र १६ गते २०८०

हाम्रो देउराली सहकारीको अन्तरजिल्ला अवलोकन भ्रमण

हाम्रो देउराली सहकारीको अन्तरजिल्ला अवलोकन भ्रमण

images
images
images
बुधवार, बैशाख १३ २०८०
बुधवार, बैशाख १३ २०८०
  • हाम्रो देउराली सहकारीको अन्तरजिल्ला अवलोकन भ्रमण

    बुटवल, १३ वैशाख ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित राजपुरमा रहेको हाम्रो देउराली कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुका लागि अन्तरजिल्ला कृषि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष हरिहर उपाध्यायका अनुसार कुल ६ सय ५० जना शेयर सदस्यहरु आवद्ध रहेको सो सहकारीले १ सय ५ जना शेयर सदस्यहरुलाई कृषि क्षेत्रमा आधुनिक विकास गर्ने उद्देश्यले अवलोकन भ्रमण गराइएको हो । 

    images
    images
    images

    कार्यक्रम संयोजक ताराप्रसाद मरासिनीका अनुसार पाल्पाको तानसेनमा रहेको सुन्तला जात फलफूल विकास केन्द्रमा सुन्तला लगायत मौसम, कागती आदि कसरी लगाउने कुन समयमा लगाउने भन्ने बारेमा जानकारी लिने काम गरिएको थियो । 

    सहकारीका सदस्यहरुलाई मौसमी तथा बेमौसमी फलफूल र तरकारी उत्पादनबारे सुचना अधिकारी तथा बागवानी विकास अधिकृत जोगेन्द्र कान्दुले जानकारी गराएका थिए । शेयर सदस्यसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागीता रहेको सो कार्यक्रममा पाल्पाको श्रीनगर, टुंडिखेल, पाल्पा दरवार र रानीमहल जस्ता ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक क्षेत्रहरुको समेत अवलोकन गराइएको संयोजक मरासिनीले बताए । 

    २०७२ सालमा स्थापना भएको यो सहकारीले समय समयमा आफ्ना शेयर सदस्यहरुलाई विभिन्न किसिमका तरकारी खेती गर्ने तालिम, भ्रमण, बिउबिजन वितरण लगायतका कार्यक्रमहरु समेत गर्दै आएको सहकारीका अध्यक्ष उपाध्यायले बताए । 

    सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषि सम्बन्धि तालिम तथा भ्रमणको अवसर दिएर हौसला प्रदान गरेको र अनुभव, ज्ञान तथा क्षमता अभिवृद्धि समेत भएको भन्दै शेयर सदस्यहरु मीना ढकाल, धनप्रसाद खनाल, मनप्रसाद सापकोटा, देवी खनाल लगायतले भ्रमण उपलब्धीमुलक रहेको चर्चा गरेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij