२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने

बुधवार , बैशाख १३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १३ वैशाख । 
    भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन । फराकिलो मतअन्तरले विजयी भएपछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

    ‘चितवन–२ सहित देशैभर गर्नुपर्ने काम धेरै छन् । तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ ।’

    उपनिर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिकमैत्री बन्न उत्प्रेरित गरेको उनको भनाइ छ । 

    व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिष्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन् ।