२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

सामुुदायिक प्रहरीको भूमिका महत्वपूर्ण : एसपी वि.क.

बुधवार , बैशाख १३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १३ वैशाख ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुुर वि.क.ले समाजमा घट्ने अपराध, झैझगडा मिलापत्र तथा सामाजिक सचेतना फैलाउनमा सामुुदायीक सेवा केन्द्र एवं सामुुदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले सामुुदायिक सेवा केन्द्रहरुले स्थापनाकालदेखि अहिलेसम्म सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाहरुलाई थप गतिशिल बनाउनुुपर्नेमा जोड दिए । 

    सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवं सामुुदायिक प्रहरी सेवा सिद्धार्थनगर वडा नं. ५, १२, १३ रुपन्देहीले बुुधवार आयोजना गरेको नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र रुपन्देही प्रहरी प्रमुखको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लागुूऔषध ओसारपसार, मानव बेचबिखन, चोरी तस्करी जस्ता घटनाहरु सामूहिक प्रयासबाट मात्र नियन्त्रण गर्न सकिने बताए । 

    सामुुदायिक केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्यालले सिद्धार्थ सामुुदायिकले सामाजिक सचेतना र सुधारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराउदै आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्ने बताए । उनले सामुदायिकको क्षेत्र फराकिलो भए पनि बजेट एवं साधनस्रोतको अभावमा कामहरुलाई सीमित गर्नुपरेको बताए ।

    अध्यक्ष बस्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर वडा नम्बर ५ का वडाअध्यक्ष पुुरन प्रसाद श्रेष्ठ, संस्थाका कोषाध्यक्ष पदमपाणी सुवेदी, सह–कोषाध्यक्ष भेषनारायण बस्याल लगायतले बोलेका थिए ।