२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

जीप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

बिहिवार , बैशाख १४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • गुल्मी, १४ वैशाख ।

    गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सह–चालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

    उनकाअनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।