२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रुपन्देहीमा ट्याक्टरसहित अवैध खाद्यान्न तथा युरिया मल प्रहरीको नियन्त्रणमा

शुक्रवार , बैशाख १५, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १५ वैशाख ।
    रुपन्देहीमा ट्याक्टरसहित अवैध खाद्यान्न तथा मल प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले बिहीबार रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित गरगट्टीबाट अपैध खाद्यान्न तथा मल (युरिया) नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी अवैध रुपमा लु १ त ९७८० नम्बरको ट्याक्टरमा ल्याइएको ६० बोरा (३ हजार केजी) युरिया र ८० बोरा (४ हजार केजी) गहुँ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    ट्याक्टरसहित अन्दाजी मूल्य १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।