images

शनिवार, बैशाख १५ गते २०८१

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

images
images
images
शनिवार, बैशाख १६ २०८०
शनिवार, बैशाख १६ २०८०
  • मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

    मुगु, १५ वैशाख ।  
    मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् । 

    images

    ७२ वर्षीय शाही कुखुरापालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन् कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरापालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरिरहेका कृषकहरुलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने पुनदेवी रावलको अपेक्षा छ । 

    व्यवसायिक कुखुरापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालै र धार्क गाउँका ६६ जना कृषकहरुलाई २ हजार ३७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नुमना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जनालाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ । खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायर र ब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij