२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

भैरहवा तेक्वान्दो क्लबको अध्यक्षमा एक नारायण अर्याल

शनिवार , बैशाख १६, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    भैरहवा तेक्वान्दो क्लब सिद्धार्थनगर-५, रुपन्देहीको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले एक नारायण (विष्णु) अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षमा प्रितम पुन, सचिवमा प्रकाशमान राजभण्डारी र कोषाध्यक्षमा दीपक न्यौपाने निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले बताए । 

    त्यस्तै कार्यसमिति सदस्यहरुमा विनोद थापा, अर्जुन क्षेत्री, सरस्वती शाही, सुमन पौडेल, हेमन्तराज जोशी र पुजा तुराहा थापा रहेका छन् । 

    नवनिर्वाचित अध्यक्ष अर्यालले तेक्वान्दोको विकासका निम्ति आफू लागिपर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

     

    WhatsApp Image 2023-04-29 at 5.55.12 PM.jpeg

    साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।