२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १९ मा विश्वासको मत लिने

शनिवार , बैशाख १६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आगामी वैशाख १९ गते मंगलबार विश्वासका मत लिने भएका छन् । वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा सार्वजनिक विदा परेकाले मुख्यमन्त्री चौधरीले १९ गते विश्वासको मत लिने लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले बताए ।

    चौधरीले शुक्रबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । 

    बिहिवार ५३ जना सांसद्को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।