२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो

आइतवार , बैशाख १७, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १७ वैशाख । निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

    काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका   विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

    लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।