२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा ब्याडमिन्टन कोट हस्तान्तरण

शनिवार , पौष २५, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २५ पुस ।
    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरलाई ब्याडमिन्टन कोट हस्तान्तरण गरेको छ । क्लबले ब्याडमिन्टन कोट बनाएर शनिबार अदालतलाई हस्तान्तरण गरेको क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले खेलकुद क्षेत्र आफैमा महत्वपूर्ण रहेको बताए । उनले क्लबले उदाहरणीय कार्य गरेको बताए । रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधिश धन प्रसाद महराले न्यायपालिकाको कार्यसम्पादनको बारेमा जानकारी गराएका थिए ।

    क्लबका अध्यक्ष हिरा बहादुर शाहको अध्यक्षता, कार्यक्रम संयोजक शिव गौडेलको स्वागत तथा सचिव प्रियाबन्धु न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता डम्बर प्रसाद काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, पूर्वअध्यक्ष जीवन अर्याल, कृष्ण पाण्डे लगायतको उपस्थिति रहेको थियो । यसैबीच शनिबार नै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, जिल्ला सरकारी वकिल कार्यालय र रुपन्देही जिल्ला अदालतबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।