
शनिवार , पौष २५, २०७७
अर्घाखाँची, २५ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुष्पा भुसालले वर्तमान केपी ओलीको सरकार तानाशाही सरकार भएको आरोप लगाएकी छन् । प्रधानमन्त्री जस्तो व्यक्तिले धनगढीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएकै भरमा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गर्ने गतिविधि ठीक नभएको बताए ।
नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ ले नरपानीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै भुसालले यस्तो बताइन् ।
अर्कोतर्फ सरकार निर्मला हत्याको साक्षी रहेको बताउँदै केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको दलदलमा फसेको पनि बताइन् । यस्तै भ्रष्टाचार, अनियमितता, घटना पनि पछिल्लो समय बढिरहेको तर सरकार उदासिन बनेको उनले आरोप लगाइन् ।
कार्यक्रममा नेकपा परित्याग गरेका शितगंगा नगरपालिका ४, ५, ६ र ११ नम्बर वडाबाट ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् र उनीहरुलाई कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति बिष्णु मुस्कान, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले टिका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रवेश गराउनु भएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचारप्रसार विभागका संयोजक माधव प्रसाद पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij