
शनिवार , पौष २५, २०७७
बुटवल, २५ पुस ।
लाफा समूह बुटवलले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ गर्ने भएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढेको लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले बताए । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको उनले दावी गरे ।
प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतीयलाई ३१ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेट्रान्सतर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतीयलाई १० हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुशासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।
संरक्षक बासुदेव लामिछानेले खेलको विकासमा नीजि लगानीमा पूर्वाधार निर्माण गर्ने प्रतिवद्घता जनाउदा समेत स्थानीय सरकारबाट जग्गा उपलब्ध नभएको गुनासो गरे । प्रतियोगिता संयोजक ज्ञानु सारुले टप रेकिङ भन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए । दोस्रो संस्करणमा भन्दा टिम बढ्ने आयोजकको अनुमान छ । वि.सं. २०७६ सालमा स्थापित यस लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरुमध्ये एक फरक पहिचान बनाएको बताए । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको उनले बताए ।
कार्यक्रममा सल्लाहकार केशव राना, बबिन थापा, उपाध्यक्ष पुरन गाहाले खेलकुद देशको सान र स्वास्थ्य सम्बन्धित भएकोले यसले राष्ट्रिय भावनाको विकास एवं आपसी मित्रता तथा सद्भाव विकास गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij