२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

“लेट्स टक् अबाउट बुद्धिजम”

बिहिवार , बैशाख २१, २०८०

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, २१ वैशाख । रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको विषयमा अन्तरक्रिया गरेको छ ।

    नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिर्भसिटीको सहकार्यमा भएको कार्यक्रममा बुद्धसँग सम्बन्धीत विषयमा विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर डा. निमा शेर्पा, विश्वविद्यालयमा अध्ययनरत रोशनी गुरुङ र चुङगुडा गुरुङले विद्यार्थीले सोधेका प्रश्नका विषयमा जानकारी दिएका थिए ।

    विद्यालयले बुद्धिजमका विषयमा बुद्धले प्राप्त गरेको ज्ञान, ध्यान, बुद्ध र बुद्धका अनुयायीले लगाउने वस्तका विषयमा जानकारी लिएका थिए ।

    समूहगत छलफल कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत विद्यार्थी विष्णु यादव र मोहम्मद अबुजरले गरेका थिए ।

    एक घण्टासम्म चलेको कार्यक्रममा ध्यान सिकाउनका साथै ध्यानका फाइदाका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । विद्यार्थीहरुलाई लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर डा. निमा शेर्पाले जानकारी दिएका थिए ।

    विद्यालयका प्रधानाध्यापक जिग्मी शेर्पाको अध्यक्षता, विद्यालयका सञ्चालक श्यामलाल खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन सह–प्रधानाध्यापक लीलामणि पाण्डेले गरेका थिए ।

    IMG_1711.JPG
    IMG_1695.JPG