images
images

आइतवार, जेठ ६ गते २०८१

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख घिमिरे

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख घिमिरे

images
images
images
शुक्रवार, बैशाख २२ २०८०
शुक्रवार, बैशाख २२ २०८०
  • बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख घिमिरे

    काठमाडौं, २२ वैशाख । 
    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने जनाएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै सभामुख घिमिरेले गौतम बुद्धको जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका बताएका छन् ।

    images
    images
    images

    ‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको छ, ’ सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन् । बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछन् ।’

    भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले मानव जातीमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास सभामुख घिमिरेले लिएका छन्  ।

    आजको पवित्र दिनले सम्पूर्ण मानव–जगतलाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वाससमेत सभामुख घिमिरेले ब्यक्त गरेका छन् । सभामुख घिमिरेले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij