images
images

आइतवार, जेठ ६ गते २०८१

बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वको हितका लागि प्रेरणादायी : राष्ट्रपति

बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वको हितका लागि प्रेरणादायी : राष्ट्रपति

images
images
images
शुक्रवार, बैशाख २२ २०८०
शुक्रवार, बैशाख २२ २०८०
  • बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वको हितका लागि प्रेरणादायी : राष्ट्रपति

    काठमाडौं, २२ वैशाख । 
    राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने बताएका छन् ।

    images
    images
    images

    २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएकोसमेत बताएका छन्।

    ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ ।  

    राष्ट्रपति पौडेलले बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

    वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ। 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij