images
images

आइतवार, जेठ ६ गते २०८१

गौतमबुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय : प्रदेश प्रमुख शेरचन

गौतमबुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय : प्रदेश प्रमुख शेरचन

images
images
images
शुक्रवार, बैशाख २२ २०८०
शुक्रवार, बैशाख २२ २०८०
  • गौतमबुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय : प्रदेश प्रमुख शेरचन

    रुपन्देही, २२ वैशाख । 
    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images

    विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

    शान्तिदूत गौतमबुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्व शान्तिका लागि समेत मद्दत पुग्ने विश्वास शेरचनले व्यक्त गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । 

    वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij